images
images

दोलखामा युवक हत्या अभियोगमा २ बालकसहित ३ जना पक्राउ

  • १५ फाल्गुन २०७८, आईतवार १६:४४

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका एक युवकको हत्या अभियोगमा ३ जना पक्राउ परेका छन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर २ का १६ वर्षिय साहिल तमाङको हत्या आरोपमा प्रहरीले दुई बालक सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । तमाङको हत्या आरोपमा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का २० वर्षीय पुष्कर थामी तथा ११ र १३ वर्षिय बालक पक्राउ परेका छन् । फागुन १३ गते तमाङको हातखुट्टा र मुखको पुरै भाग घाउमा प्रयोग हुने सेतो पट्टीले बाँधेर हत्या गरीएको अवस्थामा भीमेश्वर नगरपालिका ३ स्थित जलदेबि मन्दिर नजिकै पाखा बारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको थियो ।