images
images

उफरको विषयमा विवाद हुँदा बालकहरुले यसरी गरे आफ्नै साथीको हत्या

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका एक युवकको उफरको विषयमा भएको विवादका कारण हत्या भएको खुलेको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर २ का १६ वर्षिय साहिल तमाङको उफरको विषयमा विवाद हुँदा आफ्नै साथीहरुले हत्या गरेको खुलासा भएको हो । मृतक तमाङ सहित उनका साथी २० वर्षिय पुस्कर थामी तथा ११ र १३ वर्षिय दुई बालक यही फागुन ७ गते भीमेश्वर नगरपालिका वडा नम्बर ३ जलदेबी मन्दिर नजिकै रहेको पाखा बारीमा चरा मार्न गएका थिए । उनीहरुबीच जंगलमा चरा मारेर पोलेर खाइसकेपछि उफरको विषयमा विवाद सुरु भएको थियो । यसअघि पनि मृतक तमाङ र १३ वर्षिय बालकविच उफरको विषयमा अनाथलय नजिकै विवाद भएको थियो ।

चारैजना मिल्ने साथी भएकाले प्रायजसो उनीहरु सँगै हिड्ने गर्दथे । फागुन ७ गतेपनि उनीहरु सँगै जंगलमा गए र चरा मारेर पोलेर खाइसकेपछि फेरि उफरकै विषयमा विवाद सुरु भयो । विवाद हँदा पुस्कर थामीले तमाङको दुवै हात समाते र दुई बालकले गुँरासको हाँगाबाट बनाएको एउटै लाठी दुई जनाले समातेर पछाडिबाट टाउकोमा प्रहार गरेका थिए । लाठी प्रहारपछि तमाङमा भुँईमा बेहोस भए र लडे । बेहोस भएका तमाङको केहीबेरपछि मृत्यु भएको थाहा पाएपछि उनीहरुले शव त्यही पुर्ने निर्णय गरे ।

दोलखाको भीमेश्वर नगरपालिकाका एक युवकको उफरको विषयमा भएको विवादका कारण हत्या भएको खुलेको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ का १६ वर्षिय साहिल तमाङको उफरको विषयमा विवाद हुँदा आफ्नै साथीहरुले हत्या गरेको खुलासा भएको हो । फागुन ७ गतेपनि उनीहरु सँगै जंगलमा गए र चरा मारेर पोलेर खाइसकेपछि फेरि उफरकै विषयमा विवाद सुरु भयो ।विवाद हँदा पुस्कर थामीले तमाङको दुवै हात समाते र दुई बालकले गुँरासको हाँगाबाट बनाएको एउटै लाठी दुई जनाले समातेर पछाडिबाट टाउकोमा प्रहार गरेका थिए ।

त्यसपछि थामीले कोही मानिसले आफुहरुलाई देख्छ कि भन्दै सडकतिर र बाटोतिर नियाले भने दुई बालक शव व्यवस्थापनतर्फ लागेका थिए । ती बालकहरुले चरिकोट बजारमा आएर मेडिकलबाट घाउमा प्रयोग हुने सेतो पट्टी किनेर लगे र मृतक तमाङको अनुहार नदेखिनेगरी पुरै भागमा सेतो पट्टीले बाँधिदिएका थिए । सेतो टेपले बाँधिसकेपछि नजिकैको घरबाट कोदालो ल्याएर तिनै जना मिलेर खाल्डो खनी उनको शरीर खाल्डोमा पुरेर फरार भएका थिए । तमाङको पुरै शरीर नदेखिनेगरी पुर्ने सोचमा रहेका उनीहरुले आधा खाल्डो खनिसकेपछि ढुंगा भेटिएकाले शवलाई घोप्टो पारेर आधा भाग मात्रै पुरेर घटनास्थलबाट भागेका थिए । घटना भएको ६ दिनपछि स्थानीय बालबालिका बाँदर धपाउन जाने क्रममा जंगल नजिकै रहेको पाखोबारीमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

त्यस लगत्तै दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी गंगाप्रसाद पौडेल सहितको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेको टोलीले तमाङको शव पहिचान हुन नसकेपछि फागुन १३ गते नै काठमाडौंको टिचिङ अस्पतालमा पठाएको थियो । शव काठमाडौं पठाए लगत्तै साँझ मृतक तमाङका आफन्तजन प्रहरीको सम्पर्कमा पुगेका थिए । त्यसपछि टिचिङ अस्पताल पुगेका बुबाआमाले मृतक तमाङ आफ्नै छोरा भएको पहिचान गरेका थिए । डिएसपी पौडेलका अनुसार उनीहरुबीच उफर कसले चलाउने भन्ने विषयमा विवाद हुँदा तमाङको हत्या भएको अनुसन्धानबाट देखिएको छ ।

सो घटनामा पक्राउ परेका थामी सहित तीन जना बालक यसअघि पनि चोरीको घटनामा प्रहरीकोमा पुगेको देखिएको छ । मृतक तमाङ सहित चारै जनाले स्कुल छोडेर गुलेलीले चरा मार्ने, ज्यामी काम गर्ने गरेका थिए । घटनामा संलग्न भएकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताउनुभयो । अभिभावकको निगरानी भन्दा बाहिर रहेका बालकहरुले यस्तो अप्रिय घटना घटाएको प्रहरीले जनाएको छ ।