images
images

ढुंगा खानीमा ढिस्को खस्दा रामेछापका पुरुषको मृत्यु

  • १५ फाल्गुन २०७८, आईतवार १९:४६

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा ढुंगा खानीमा ढिस्को खस्दा ट्रिपर चालकको मृत्यु भएको छ ।

बनेपा नगरपालिका वडा नम्बर १४ आशापुरीस्थित रोडा ढुंगा सप्लार्यसको खानीमा ढिस्को खस्दा च्यापिएर रामेछाप शैलुङका अन्दाजी ३२ वर्षिय श्याम मगरको मृत्यु भएको हो । आज दिउँसो ट्रिपर, मिनिट्रकमा ढुंगा लोड गर्ने क्रममा एक्कासी खसेको ढिस्कोले पुर्दा ट्रिपरका चालक मगरको घटनास्थलमै मृत्यु भएको बनेपाका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।

एक्कासी ढिस्को खसेपछि भाग्ने क्रममा प्रदेश ३–०१–००३ क ५७४८ नम्बरको ट्रिपरका चालक मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । खानी तथा भुगर्भ विभागको सिफारिसको आधारमा २०६८ साल चैत ५ गते तत्कालीन जिल्ला विकास समितिबाट उत्खनन् प्रमाणपत्र पाएको खानी ३ वर्षयता मात्रै सञ्चालनमा आएको थियो ।