images
images

नौ कक्षामा ३५ प्रतिशत नल्याए १० मा भर्ना हुन नपाईने

  • १५ फाल्गुन २०७९, सोमबार ०७:३५

काठमाडौं । कक्षा ९ मा अध्ययनरत विद्यार्थीले वार्षिक परिक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षामा जान नपाउने भएका छन् ।

विद्यार्थीको उपलब्धी मुल्यांकनका लागि पाठुयक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका २०७८ ले यस्तो व्यवस्था गरेको हो । माध्यामिक शिक्षा परिक्षा एसईईलाई लक्षित गरेर ल्याइएको सो निर्देशिका कक्षा ९ का विद्यार्थीमा लागु हुन्छ कि हुँदै भन्नेमा यसअघि दुविधा थियो । नयाँ पाठ्यक्रम लागु भएका कक्षाहरुमा क्रमश निर्देशिका लागु गर्दै जाने योजना अनुसार यो वर्ष कक्षा ९ बाट लागु गर्न लागिएको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी चैत महिनामा सञ्चालन हुने कक्षा ९ को वार्षिक परिक्षादेखि नै यो नियम लागु हुनेछ ।

नयाँ पद्धति अनुसार ३५ प्रतिशतभन्दा कम नतिजा प्राप्त गर्ने विद्यार्थीको मुल्यांकन ननग्रेडिङ अर्थात अनुत्तिर्ण हुनेछ । वार्षिक परिक्षामा बढीमा दुई विषयमा ननग्रेड प्राप्त गरेकाहरुका लागि विद्यालयले तत्काल मौका परिक्षा सञ्चालन गर्नुपर्नेछ । पहिलो पटकको मौका परिक्षाबाट पनि नतिजा सुधार गर्न नसकेमा त्यस्ता विद्यार्थीले अर्को वर्षको चैतमा नियमित विद्यार्थीका लागि सञ्चालन हुने वार्षिक परिक्षामा आंशिक परिक्षार्थीका रुपमा सहभागी हुनुपर्नेछ । दोस्रो पटकको दिने परिक्षामा उनीहरुले दुई विषयको मात्रै परिक्षा दिए पुग्नेछ ।