
जिरी (दोलखा) । दोलखामा आजदेखि पाँच दिनका लागि नयाँ राहदानी आवेदन तथा इन्रोलमेन्ट सेवा स्थगित भएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले हिजो सुचना जारी गर्दै प्राविधिक समस्या भएपछि आजदेखि फागुन २० गतेसम्म नयाँ राहदानी आवेदन तथा इन्रोलमेन्ट सेवा स्थगित भएको जानकारी गराएको हो । कार्यालयमा राहदानीका आवेदन दिन सेवाग्राहीहरुको लागि एउटा मात्रै इन्रोलमेन्ट स्टेशन सञ्चालनमा रहेको छ । सो स्टेशनमा पनि प्राविधिक समस्या आएपछि सेवा स्थगित भएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत अरुण कुमार बडालले जानकारी दिनुभयो ।
इन्रोलमेन्ट स्टेशनमा देखिएको प्राविधिक समस्या राहदानी विभागबाट समाधानको प्रयास भइरहेको प्रशासनले जनाएको छ । छपाई भएर आएको राहदानी वितरण सेवा भने सूचारु रहने छ ।