images
images

नेकपा एमाले सरकारबाट बाहिरिने, समर्थन फिर्ता लिने निर्णय

  • १५ फाल्गुन २०७९, सोमबार १२:५७

काठमाडौँ । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय भएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । पार्टी मुख्यालमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले र एमालेले प्रतिनिधित्व गरेका मन्त्रीहरुप्रति गरेको व्यवहार र टिप्पणीका कारण आफुहरु सरकारबाट बाहिरिन बाध्य भएको बताउनुभएको छ । उहाँले सरकारले प्रतिनिधित्व गर्नुपर्ने ह्युमन राइट्स काउन्सिलको बैठकमा जानबाट परराष्ट्रमन्त्री विमला राईलाई अन्तिम समयमा कुनै कारण नभई रोकेकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।

सरकार गठनका क्रममा गत पुस १० गते भएको सहमति विपरित माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । एमालेले यसअघि फागुन २५ राष्ट्रपतिको निर्वाचनसम्म सरकारबाट नबाहिरिने भनेको थियो । तर प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बनेको छ ।