
काठमाडौँ । उच्च अदालत पोखराको फैसलाअनुसार अभिनेता पल शाह आज रिहा भएका छन् ।
शाह तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर आज रिहा भएका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले हिजो उच्च अदालत पोखराबाट सफाई पाएका थिए । कार्यालय समय सकिसकेकाले आवश्यक प्रक्रिया पु¥याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रक्रिया पुरा गरेर रिहा भएका हुन् । रिहा भएसँगै उनी काठमाडौँ फर्किने भएका छन् । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ साल फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिईन् । शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाई दिईसकेको थियो ।