images
images

सरकारले सहिद घोषणा भएकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने

  • १५ फाल्गुन २०७९, सोमबार १८:३२

काठमाडौं । सरकारले सहिद घोषणा गरेकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले यसअघि मन्त्रिपरिषदबाट शहिद घोषणा भइसकेका तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकी रहेकाहरुको नाम प्रकाशित गर्ने निर्णय गरेको हो । २०६२/६३ सालको संयुक्त जनआन्दोन, मधेश आन्दोलन र जनयुद्धमा मृत्यु भएकाहरुका नाम शहिदहरुको नामावलीमा समावेश गरिएको छ । स्रोतका अनुसार सरकारले २०६५ साल पुस ९ गते ६ हजार ३ सय ४४ जनालाई सहिद घोषणा गरेको थियो । सो घोषणा राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन । त्यसलाई सरकारले राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।