
खोटाङ । खोटाङमा आजबाट प्रथम राष्ट्रिय बाँस सम्मेलन हुँदैछ ।
राष्ट्रिय बाँस सम्मेलन आजदेखि तीन दिनसम्म खोटाङको दिक्तेल माटिकोरेमा हुन लागेको हो । राष्ट्रिय सम्मेलनको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा वना अनुसन्धान प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन–वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो ललितपुरको आयोजनामा हुन लागेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सम्मेलनमा खोटाङबाहिर २८ जिल्लाका बाँसबाट उत्पादित सामाग्री स्टलमा राखिने बताउनुभयो । बाँससम्बन्धी विभिन्न सम्भावना, अवसर र चुनौतीहरुको खोजी गर्न, बाँस खेतीलाई सुधार गर्न, खाली जग्गामा बाँस खेती गरी किसानको आयआर्जन बढाउन बाँस सम्मेलन आयोजना गरिएको उहाँको भनाई छ ।