images
images

जिरीको ठुलोपातल माविको ६५ औं वार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न

  • १५ फाल्गुन २०८१, बिहीबार २०:२५

जिरी(दोलखा)। दोलखाको जिरी नगरपालिका–९ स्थित ठुलोपातल माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अविभावक दिवस आज सम्पन्न भएको छ ।

विद्यालयको वार्षिकोत्सव तथा अविभावक दिवसको बागमती प्रदेशसभा सदस्य उर्मिला सुनुवारले उद्धघाटन गर्नुभयो । वार्षीकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक सुनिल कुमार सुनुवारले विद्यालयको वर्षीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उहाँले आर्थिक वर्ष २०८०/८१ को ८८ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । हाल १७ जना शिक्षक रहेको सो विद्यालयमा जम्मा १ सय ४४ जना विद्यार्थी रहेका छन् । ठुलोपातल माध्यमिक विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ ।

यसैबीच, फागुन ८ गते विद्यालयको वार्षिकोत्सव तथा अविभावक दिवसको अवसरमा ठुलोपातल माविले जिरी नगरपालिका वडा स्तरीय शिक्षक भलिबल प्रतियोगिताको गरेको थियो । उक्त भलिबल प्रतियोगिताको प्रथम उपाधि जिरी –९ का शिक्षकहरुले हात परेका छन् ।
द्धितीयतर्फ जिरी–६ का सहिद स्मृती आवासीय माविका शिक्षकहरु र तृतीय जिरी माविका शिक्षकहरु भएका छन् ।

प्रतियोगितामा प्रथम स्थान लिन सफल भएका शिक्षकहरुले २० हजार नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् भने द्धितीय स्थान लिन सफल शिक्षकले १५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा तृतीय स्थान लिन सफल शिक्षकलाई १० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।