images
images

वृद्ध दम्पतीको हत्या आरोपि कारागार चलान, नाबालकलाई सुधार गृह पठाउन आदेश

  • १५ फाल्गुन २०८२, शुक्रबार १२:१२

ओखलढुंगा । ओखलढुङ्गाको चिशंखुगढीमा वृद्ध दम्पतीको हत्या गरी लुटपाट गरेको अभियोगमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा गएका छन् ।

जिल्ला अदालतले उनीहरुलाई थुनामा पठाउन आदेश दिएकोे हो । गत माघ १२ गते चिशंखुगढी गाउँपालिका ६ बोहोरेका ७४ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्र माया राईको विभत्स हत्या भएको थियो ।

सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३४ वर्षीय धन बहादुर राना मगर र अर्का एक १७ वर्षीय नाबालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । हत्यापछि लुटपाट गरेर फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले माघ २३ गते काठमाडौँको डल्लुबाट पक्राउ गरेको थियो ।

अदालतको आदेशसँगै मुख्य अभियुक्त धनबहादुर राना मगरलाई कारागार कार्यालय ओखलढुङ्गा पठाइएको छ भने नाबालकलाई बालसुधार गृह विराटनगर पठाइएको ओखलढुंगाका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनीहरूमाथि लुटपाट र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको थियो ।