images
images

नेपाल प्रहरीले नै मतगणना स्थलसम्म मतपेटिका ढुवानी गर्छ–गृहमन्त्री अर्याल

  • १५ फाल्गुन २०८२, शुक्रबार १६:५७

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले ढुवानी गर्ने बताएका छन् ।

मतपेटिका नेपाली सेनाले ढुवानी गर्ने समाचार सार्वजनिक भएपछि गृहमन्त्री अर्यालले सुरक्षा घेराभित्र प्रहरीले नै मतपत्र ढुवानी गर्ने स्पष्ट पारेका हुन् ।

शुक्रबार विराटनगरमा सुरक्षा निकायहरुसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले विगतको अभ्यास अनुसार नै सुरक्षाको घेरा कायम रहने बताएका छन् । मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने उनको भनाई छ ।

मन्त्री अर्यालले निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतदान अधिकृतले मतपेटिका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्रै मतगणना स्थलसम्म पुर्याउने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।