images
images

कांग्रेस सभापति थापा भन्छन्–‘शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्छु’

  • १५ फाल्गुन २०८२, शुक्रबार १७:४८

कास्की । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवाकै सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो पार्टीले सरकार बनाएर सबैभन्दा पहिले निवर्तमान सभापति देउवाको सम्पत्ति छानबिन गर्ने उनको भनाई छ ।

सभापति थापाले भ्रष्टाचारको विषयमा छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने बताएका छन् ।

कांग्रेस नेतृत्वमा सरकार बने त्यो सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरुलाई पनि गर्न नदिने उनको भनाई छ ।