images
images

दोलखाका सहायक सिडिओ चढेको जिप दुर्घटना, प्रहरी निरिक्षक सहित चार घाईते

  • १३ चैत्र २०७८, आईतवार ०९:५२

दोलखा । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोली सवार जिप दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।

जिरी बजारको अनुगमन गरी फर्कने क्रममा हिजो साँझ बोलेरो जिप दुर्घटनामा परी सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइराला, उनकी पत्नी, प्रहरी निरिक्षक दिवस बस्नेत र प्रहरी नायव निरिक्षक सई नारायण ढकाल घाईते भएका हुन् । घाईतेमध्ये प्रहरी निरिक्षक बस्नेत र सई ढकालको टाउको लगायत शरीरका अन्य भागमा चोट लागेपछि थप उपचारका लागि हिजो साँझ काठमाडौंको प्रहरी अस्पतालमा पठाइएको छ । उनीहरु दुवै जनाको टाउको र हातमा गहिरो चोट देखिएकाले थप उपचारका लागि प्रहरी अस्पतालमा पठाइएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा परेका सहायक प्रजिअ कोइराला दम्पतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । यद्यपी कोइराला दम्पती हिजो साँझ पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटबाट डिस्चार्ज भएपनि आज थप स्वास्थ्य परिक्षणका लागि काठमाडौं गएका छन् । दुर्घटनामा परेका घरेलु तथा साना उद्योग विकास समिति दोलखाका प्रमुख मिन बहादुर लामा र चालकको अवस्था सामान्य छ ।घरेलु कार्यालय दोलखाको बागमती प्रदेश ९६८० नम्बरको जिपमा सवार उनीहरु जिरी बजार अनुगमन गरी फर्कने क्रममा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुको च्यानडाँडा भन्ने स्थानमा दुर्घटनामा परेका हुन् । एक्कासि गाडीको ब्रेक फेल भएपछि चालकले गाडीलाई भित्तामा लगेर ठोक्काएकाले मानविय क्षेती हुनबाट जोगिएको छ । दुर्घटनामा घरेलु कार्यालयको जिप क्षतिग्रस्त भएको छ ।

दुर्घटना पछि नाम्दु सडकखण्डमा छोपेर राखिएको क्षेतीग्रस्त जिप 

तस्विर सौजन्यः दिपक तमाङ नाम्दु