दोलखा । दोलखा प्रहरीले दुई थान अवैध हतियार (भरुवा बन्दुक) फेला पारेको छ ।
प्रहरीले भीमेश्वर नगपालिका वडा नम्बर ९ आहालडाँडा स्थित एक्लेपाखा जंगलको ओडारबाट दुई थान एकनाले भरुवा बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय दोलखामा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी चौकी खरिढुंगाबाट गस्तिमा खटिएको प्रहरी टोलीले ओडारमा लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक फेला जानकारी दिइएको छ । सो भरुवा बन्दुक रितपुर्वक बरामद गरी प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ । ओडारमा बन्दुक कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा पौडेलले जानकारी दिनुभयो ।
यसैबीच दोलखा प्रहरीले बिना कागजातका १० वटा सवारीका साधन पनि फेला पारेको छ । जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा बिना कागजातका सवारी साधन फेला पारिएको प्रहरीले जनाएको छ ।