images
images

दोलखामा फेला परे चोरीका ११ मोटरसाइकल

  • १३ चैत्र २०७८, आईतवार १६:३०

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका ११ वटा मोटरसाइकल बरामद गरेको छ ।
बाहिरी जिल्लाबाट चोरी गरी दोलखा ल्याएको ११ वटा मोटरसाइल प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले आज पत्रकार सम्मेलन गर्दै एक महिनाको अवधिमा अप्रेसन क्याट अन्तर्गत रहेर ११ वटा मोटरसाइकल बरामद गरेको जानकारी गराएको हो । नियन्त्रणमा लिएकोध्ये प्रहरीले एउटा मोटरसाइल जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बुझाएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शे ४ प १३६३ नम्बरको मोटरसाइकल सहित गौरीशंकर गाउँपालिका वडा नम्बर ७ का जित बहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाएको हो । नियन्त्रणमा लिईएका अन्य १० वटा मोटरसाइकल भने जिल्ला प्रहरी कार्यालय दोलखामा राखिएको छ । प्रहरीले प्रदेश नम्बर ३–०२–००२ प ८२०५, बा ८६ प २६१५, प्रदेश ३–०१२ प ४०३३ र बा ६५ प ३४१६ नम्बरको मोटरसाइकल बरामद गरेको हो । यस्तै बा ६१ प ७७०० नम्बरको मोटरसाइल, बा ८५ प ३६२३, बा ३७ प ९९९४, बा ८५ प ४४९३ र बा ३० प ८५ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेर जिल्ला प्रहरी कार्यलय दोलखामा राखेको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलको भने नम्बर खुलेको छैन । प्रहरीले सबैभन्दा बढी मोटरसाइकल शैलुङ गाउँपालिकाबाट बरामद गरेको हो । एक महिनाको अप्रेशन क्यार्ट अन्तर्गत चेक जाँचका क्रममा विना कागजजात फेला परेका मोटरसाइकललाई बरामद गरेकोे दोलखा प्रहरीले जनाएको छ ।