images
images

सर्लाहीमा बस दुर्घटनाः सिन्धुलीकी एक महिलासहित चारको मृत्यु, ३२ जना घाईते

  • १३ चैत्र २०७८, आईतवार १७:०४

सिन्धुली । सर्लाहीमा बस दुर्घटनामा सिन्धुलीकी एक महिला सहित ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी सिन्धुलीका तिनपाटन गाउँपालिका २ की ३० वर्षीया र्शिला कार्की, भारतका सुनिल यादवसहित ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु भएका अन्य दुई जनाको भने पहिचान खुल्न बाँकी रहेको सर्लाहीका डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आज यात्रुबाहक बस पल्टिँदा ३२ जना घाईते भएका छन् । घाईते उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वीरगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आज पुर्व पश्चिम लोमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।