
ओखलढुंगा । ओखलढुङ्गामा सवारी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरिएको छ ।
ओखलढुङ्गाबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सार्वजनिक गाडीहरूका लागि टाइमकार्ड लागू गरिएको हो । ओखलढुङ्गामा पछिल्लो समय दुर्घटना बढेकाले तीव्र गतिका कारण हुने गाडी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गरिएको ओखलढुङ्गा ट्राफिक प्रहरी प्रमुख होमप्रसाद खतिवडाले जानकारी दिनुभयो ।टाइमकार्डमा निर्धारण गरिएको समयमा निश्चित दूरीमा मात्रै गाडी कुदाउन पाइने गरी टाइमकार्डको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
पत्ताले–सोलु सल्लेरी एक घण्टा ३० मिनेट, ओखलढुङ्गा–जन्तरखानी ठाडे एक घण्टा १५ मिनेट, मानेभञ्ज्याङ–गोरुमारेभञ्ज्याङ मिलनचोक एक घण्टा र हर्कपुर–मानेभञ्ज्याङका लागि ४५ मिनेटको समयसीमा निर्धारण गरिएको छ ।