
काठमाडौँ । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ ।
मालपोत कार्यालयमा लागु भएको भु–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहज रुपमा सेवा पाउने भएका हुन् । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध भएका कार्यालयलाई आगामी बैशाख २ गते र असार मसान्तसम्म गरी दुई चरणमा यो काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । भूमि व्यवस्थापन विभागका महानिर्देशक पदमनिधि सोतीले सबै कार्यालयले विद्युतीय सूचना प्रणालीको प्रयोग गरी सेवा प्रवाहलाई चुस्त र सदाचार युक्त बनाउन प्रयास भइरहेको बताउनुभयो ।