
काठमाडौं । ललितपुरमा खुकुरी प्रहार गरी रामेछापका एक युवकको हत्या गरिएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका –४ ओचुहाइट बस्ने रामेछाप घर भएका ३० वर्षीय रिपक खातीको खुकुरी प्रहार गरि हत्या गरिएको हो । गएराति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिनुभयो । खातीले आफ्नी बहिनीलाई जिस्काएको निहुँमा हत्या गरेको बयान आरोपीले प्रहरीलाई दिएका छन्।
हत्या भएका खाती र हत्या आरोपी रसाइली दुवै रामेछापका हुन्। मध्यराति खातीलाई ओचुहाइटस्थित शिव मन्दिर नजिक बोलाएर उनले खुकुरी हानेका प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । यद्धपी, खातीको घर रामेछापको कुन ठाउँमा हो भनेर खुल्न बाँकी रहेको ललितपुरका एसपी रेग्मीले बताउनुभयो ।