images
images

बैंकिङ कसुर मुद्धामा पक्राउ परेका काभ्रेका जिसस प्रमुख रिहा

  • १४ चैत्र २०८१, बिहीबार १२:३०

काभ्रेपलाञ्चोक । बैंकिङ कसुर मुद्धामा पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम रिहा भएका छन् ।

हिजो पक्राउ परेका गौतमले जाहेरी दिने पक्षसँग मिलापत्र भएपछि आज काठमाडौं जिल्ला अदालतले थुनामुक्त गर्न आदेश दिएको हो । एकीकृत समाजवादी पार्टीका नेता समेत रहेका गौतम थुनामुक्त भएर काभ्रेपलाञ्चोक पुगिसकेका छन् ।

प्रहरीले हिजो गौतमलाई चेक बाउन्ससम्बन्धी मुद्दामा पक्राउ गरेको थियो ।