
दोलखा । गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका शिरिस बस्नेत सर्वसम्मत चयन भएका छन् ।
आज भएको स्ववियु निर्वाचनमा बस्नेतको अध्यक्षमा सर्वसम्मत १५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । सहमति अनुसार अनेरास्ववियुले सभापति र एक सदस्य पाएको छ भने अखिल क्रान्तिकारीले कोषाध्यक्ष, सहसचिव र दुई सदस्य पाएको छ ।
यस्तै, नेबिसंघले उपसभापति, सचिव र दुई सदस्य पाएको छ । एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले २ वटा सदस्य तथा रााप्रपा निकट बिद्यार्थी संगठनले एक सदस्य पाएको अनेरास्ववियु दोलखाका अध्यक्ष रामचन्द्र केसीले जानकारी दिनुभयो । अनेरास्ववियुबाट सदस्यमा बिमल खड्का चयन भएका छन् ।
स्ववियु निर्वाचनमा नेविसंघबाट उपसभापतिमा प्रेम शिवाकोटी, सचिवमा राजेन्द्र भुजेल तथा सदस्यहरुमा राजन खड्गी, सुरज नेपाली चयन भएका छन् । अखिल क्रान्तिकारीबाट कोषाध्यक्षमा कन्चन तमाङ र सह सचिवमा राजकुमार भुजेल तथा सदस्यहरुमा पृथ्वी तमाङ, पार्वती बुढाथोकी र सुशील अधिकारी चयन भएको अखिल क्रान्तिकारी दोलखाका जिल्ला अध्यक्ष नवराज बस्नेतले जानकारी दिनुभयो ।
नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुका हेमन्त कुमार पाख्रिन र मनोज बुढाथोकी तथा राप्रपा निकट बिद्यार्थी संगठनको सदस्यमा किशोर थामी चयन भएका हुन् ।