भक्तपुर । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ ।
बिहीबार बेलुका सार्वजनिक गीतले २४ घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीतको कीर्तिमान रचेको छ । शुक्रबार बिहान ७ बजेसम्म यो गीतलाई २१ लाख पटक हेरिएको छ ।
रिलिज भएको ३ घण्टामै बालेनको यो गीतले सबैभन्दा छिटो १० लाख भ्यूज पाउने गीतको रेकर्ड रचिसकेको थियो ।
‘जय महाकाली’ गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो । रि-मास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको हो ।
चुनावी अभियानका दृश्य समेट्दै भिडियो तयार पारिएको छ ।



हाम्रो अपडेट 






