images
images

गठबन्धन बैठकः बागी उम्मेदवारी फिर्ता गराउने निर्णय

  • १४ बैशाख २०७९, बुधबार १३:४०

काठमाडौं । सत्ता गठबन्धनले दोहोरो उम्मेदवारी फिर्ताका लागि निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको गठबन्धनका शिर्ष नेताको बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि मातहतको संयन्त्रलाई निर्देशन दिएको हो । आजको बैठकमा चुनावी तालमेलको समिक्षा भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । सत्ता गठबन्धनबीच केन्द्रिय तहमै महानगर र उपमहानगरपालिकामा भएको सिट बाँडफाँडमा पनि दोहोरो उम्मेदवारी परेको छ ।

६ महानगर र ११ उपमहानगरपालिकामध्ये अधिकांशमा गठबन्धन भित्रैबाट बागी उम्मेदवारी परेको हो । बैठकले त्यसलाई फिर्ता गर्न निर्देशन दिएको जसपा अध्यक्ष यादवले जानकारी दिनुभयो । नगरपालिका र गाउँपालिकामा सम्बन्धीत प्रदेश र जिल्ला गठबन्धनको संयन्त्रलाई साझा उम्मेदवारीका लागि पहल गर्ने जिम्मेवारी दिइएको छ । बैठकले स्थानीयस्तरमा एमालेसँग भएका चुनावि तालमेल खारेज गर्ने निर्णय पनि गरेको छ । यसअघि गठबन्धनमा भएको निर्णय विपरित विभिन्न स्थानीय तहमा एमालेसँग कांग्रेस, माओवादी लगायतका पार्टीले तालमेल गरेको समाचार सार्वजनिक भएका थिए ।