images
images

तालमेल नभएका पालिकामा भागबण्डा मिलाउन प्रदेश र जिल्ला संयन्त्रलाई निर्देशन

  • १४ बैशाख २०७९, बुधबार १४:०५

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल नभएका नगरपालिका र गाउँपालिकामा सिट बाँडफाँडका लागि प्रदेश र जिल्ला संयन्त्रलाई बैठक राख्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले सिट बाँडफाँटको समझदारीका लागि आवश्यक कार्य गर्न निर्देशन दिएको छ । अधिकांश पालिकामा चुनावि तालमेल नभएपछि शिर्ष नेताहरुको बैठकले प्रदेश र जिल्ला गठबन्धनको संयन्त्रलाई साझा उम्मेदवारीका लागि पहल गर्ने जिम्मेवारी दिइएको हो ।