images
images

बैतेश्वरमा गठबन्धनको पक्षमा माहोल, घरदैलो अभियान जारी

  • १४ बैशाख २०७९, बुधबार १७:२९

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकामा सत्तारुढ दुई दलबीच गठबन्धन भएलगत्तै माहोल गठबन्धनको पक्षमा देखिएको छ ।

नेपाली कांग्रेसले अन्तिम समयमा उम्मेदवारी दर्ता गर्ने क्रममा उपाध्यक्षमा बागी उम्मेदवारी दिएपछि तीन दलीय गठबन्धन भंग भएसँगै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएकोमा अहिले गठबन्धनको पक्षमा माहोल तातिएको हो । स्थानीय तह निर्वाचन सम्पन्न हुनका लागि अब १६ दिन मात्रै बाँकी रहँदा बैतेश्वर गाउँपालिकामा गठबन्धनतर्फ जनलहर उर्लिएको छ । कांग्रेसले वडामा समेत एकतर्फी उम्मेदवारी दर्ता गरेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी जनलहरसहित उम्मेदवारी दर्ताको लागि पालिकास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । त्यसपछि माओवादी र समाजवादी मिलेर चुनावी अभियानमा होमिएका छन् ।

अहिले बैतेश्वरको गठबन्धन दल घरदैलो अभियानमा जुटेको र गठबन्धनको पक्षमा ८ वटै वडामा माहोल बढेको नेकपा माओवादी केन्द्र बैतेश्वर गाउँकमिटीका अध्यक्ष भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । गठबन्धन तोडेर एकतर्फी रुपमा उम्मेदवारी दर्ता गरेको कांग्रेस अहिले पनि पार्टीभित्रको आन्तरिक किचलोमा रोमलिरहेको बेला गठबन्धन दल घरदैलो अभियानमा व्यस्त रहेका छन् । उम्मेदवारी दर्तापछि कांग्रेसमा आन्तरिक किचलो जारी रहँदा गठबन्धन आक्रमक ढङगले निर्वाचन प्रचारप्रसारमा केन्द्रित भएको छ ।

बैतेश्वर गाउँपालिकामा माओवादी र समाजवादी मिलेर चुनावी अभियानमा होमिएका छन् । अहिले बैतेश्वरको गठबन्धन दल घरदैलो अभियानमा जुटेको र गठबन्धनको पक्षमा ८ वटै वडामा माहोल बढेको नेकपा माओवादी केन्द्र बैतेश्वर गाउँकमिटीका अध्यक्ष भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । गठबन्धन तोडेर एकतर्फी रुपमा उम्मेदवारी दर्ता गरेको कांग्रेस अहिले पनि पार्टीभित्रको आन्तरिक किचलोमा रोमलिरहेको बेला गठबन्धन दल घरदैलो अभियानमा व्यस्त रहेका छन् ।

हिजो मात्रै माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनबाट पालिका अध्यक्षका उम्मेदवार बनेका नेता लक्ष्मण खड्का र उपाध्यक्ष कल्याण दाहाल तथा वडा नम्बर ७ का अध्यक्षका उम्मेदवार मिन कुमार शिवाकोटी लगायतका टोलीले बैतेश्वर ७ मार्वुमा पुगेर घरदैलो अभियान गरेका थिए । अभियानमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य पर्शुराम रिमाल र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भिम प्रसाद दाहाल लगायतका टोलीको पनि सहभागीता थियो ।

बैतेश्वरमा गठबन्धनको क्रममा माओवादीले ६ वटा वडा पाएको छ भने २ वटा वडा समाजवादीको भागमा परेको छ । जसअनुसार गठबन्धनबाट वडातर्फ वडा नम्बर १ को अध्यक्षमा धनबहादुर तामाङ, वडा नं २ को अध्यक्षमा राजु तामाङ, वडा नं ३ को अध्यक्षमा इराज कुमार राउत, वडा नं ४ को अध्यक्षमा लक्ष्मण चौलागाईं, वडा नं ५ को अध्यक्षमा भुवन घिमिरे, वडा नं ६ को अध्यक्षमा पुष्कर कार्की, वडा नं ७ को अध्यक्षमा मिनकुमार शिवाकोटी र वडा नं ८ को अध्यक्षमा तक्त जिरेल रहेका छन् । जसमा वडा नम्बर ४ का लक्ष्मण चौलागाई र ६ का पुष्कर कार्की समाजवादीका उम्मेदवार हुन् भने बाँकी उम्मेदवार माओवादीका हुन् ।

बैतेश्वरमा कांग्रेसबाट पालिका अध्यक्षमा छबि लामा उम्मेदवार बन्दा एमालेले माधव घिमिरेलाई चुनावी मैदानमा उतार्न लागेको छ ।