दोलखा । राजनीतिक दलको कुनै पदमा नरही एउटा व्यक्तिले आफ्नै अगुवाईमा सिङ्गो गाउँ नमूना बस्तिको रुपमा पुननिर्माण गर्नु उदाहरणीय काम हो ।
२०७२ साल वैशाख १२ को विनाशकारी भुकम्पपछि राज्यले स्थायी आवास पुननिर्माणका लागि अनुदान दिँदा समेत पुननिर्माणको कामले सार्थक गति लिन नसकेका बेला एक्लो प्रयासमा नमूना बस्ती निर्माण गर्न कठिन थियो । आर्थिक पक्षसँग जोडिएको पुननिर्माण जस्तो जटिल काम त झन् एउटा श्रमजीवी पत्रकारले एक्लो प्रयासमा गर्नु निकै चुनौतिपूर्ण काम थियो । यद्धपि, यहि चुनौतीपूर्ण कामलाई दोलखाका एक पत्रकारले पूरा गरेर देखाएका थिए । ती उदारणीय काम गर्ने व्यक्ति हुन्, स्थानीय तहको निर्वाचनमा दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्षका उम्मेदवार लक्ष्मण खड्का ।
बैतेस्वर गाउँपालिका वडा नम्बर ३ यार्सा (साविक मिर्गे गाविस वडा नम्बर ९) मा नमुना वस्ती पुननिर्माणमा उनले महत्वपुर्ण योगदान गरेका छन् । उनले आफ्नो विशेष पहलमा गृह गाउँमा भुकम्पपछि जिल्लामा पहिलो पटक नमुना बस्ती बनाएका थिए । पत्रकार रहँदा उनले आफ्नै पहलमा ९९ घर र बिद्यालय बनाउनु सामान्य कुरा होइन । कुनै पदमा नरही श्रमजीवि पत्रकार हुँदा उनले समाज परिवर्तनका लागि नेतृत्वदायी भुमिका खेलेका थिए । यार्सामै जन्मिएका र विगत २२ बर्षदेखि पत्रकारितामा क्रियाशिल पत्रकार लक्ष्मण खड्काको पहल र अगुवाईमा यार्सा गाउँको पुननिर्माण सम्पन्न भएको थियो । २०७२ साल बैशाखको बिनाशकारी भूकम्पले ध्वस्त भएको यार्सा गाउँले नयाँ मुहार पाउनुमा खड्काको ठुलो भुमिका छ ।
आर्थिक पक्षसँग जोडिएको पुननिर्माण जस्तो जटिल काम त झन् एउटा श्रमजीवी पत्रकारले एक्लो प्रयासमा गर्नु निकै चुनौतिपूर्ण काम थियो । यद्धपि, यहि चुनौतीपूर्ण कामलाई दोलखाका एक पत्रकारले पूरा गरेर देखाएका थिए । ती उदारणीय काम गर्ने व्यक्ति हुन्, स्थानीय तहको निर्वाचनमा दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्षका उम्मेदवार लक्ष्मण खड्का ।बैतेस्वर गाउँपालिका वडा नम्बर ३ यार्सा (साविक मिर्गे गाविस वडा नम्बर ९) मा नमुना वस्ती पुननिर्माणमा उनले महत्वपुर्ण योगदान गरेका छन् । उनले आफ्नो विशेष पहलमा गृह गाउँमा भुकम्पपछि जिल्लामा पहिलो पटक नमुना बस्ती बनाएका थिए ।
सिँगो गाउँलाई तिन वटा सडकले चिरेर दाँयाबाँया निर्माण गरिएका चिटिक्क परेका घरहरु ठडिएका छन् । त्यो पनि एउटै डिजाईनमा ईन्टरलक सिस्टमको इट्टाको प्रयोग गरी नमूना बस्तिको शैलीमा निर्माण गरिएका घरहरु, गाउँको वीच भागमा दुई वटा भवन सहितको प्राथमिक बिद्यालय बनेको छ । यार्सा गाउँमा करिव ६ करोडको लागतमा डेढ बर्षको दौरानमा ९९ वटा घर र यार्सा प्राथमिक बिद्यालयको दुई वटा भवनहरु बनेको थियो । पुननिर्माणपछि स्थानीयवासी हर्षोउल्लासका साथ नमुना वस्तीमा बसेका छन् । वास्तवमा यार्सा गाउँको सिँगो बस्ति पुननिर्माण हुनुमा पत्रकार खड्का र अमेरिकाका एक प्रतिष्ठित व्यापारी डा.गेरी योङको मुख्य हात रहेको छ ।
पत्रकारितामा निकै अब्बल खड्काले लेखेको एउटा समाचारले अमेरिकाका ति प्रतिष्ठित व्यापारीसँग उनको भेट गराएको थियो । उनीहरुको सम्वन्धलाई जोड्ने र यार्सा गाउँ पुननिर्माण सम्मको योजना बनाउने वातावरण त्यही समाचारले बनाइदिएको थियो । दोलखामा स्पष्ट र प्रखर वक्ताका रुपमा आफ्नो छुट्टै पहिचान बनाएका खड्का र अमेरिकाका एक प्रतिष्ठित व्यापारी डा.गेरी योङको योजना र समन्वयमा एकै पटक जुरुक्कै उठेको थियो त्यो नमुना बस्ती । यसरी गाउँकै मुहार फेर्ने नमुना काममा सक्रिय साथ लागेका खड्का अहिले वैतेश्वर गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् ।
कलम चलाएको भरमा जिवन धानेका साधारण व्यक्ति हुन् खड्का । जो वैतेश्वरको मुहार फेर्न भन्दै निर्वाचनमा होमिएका छन् । २२ वर्ष लामो पत्रकारिता गरेका खड्काले पत्रकारिता सँगसँगै धेरै सामाजिक काम पनि गरेका छन् । देश विदेश घुमेका, सवै क्षेत्रमा दख्खल देखिएका खड्काले स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि वैतेश्वरका स्थानीय निकै हर्सित भएका छन् । समाजको नेतृत्व गर्न सक्ने सक्षम, क्षमतावान्, आफ्नो कामप्रति बफादार, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने व्यक्ति भएकाले खड्काको पक्षमा छुट्टै माहोल बनेको छ । ४२ वर्षिय खड्कालाई युवाहरुले साथ दिएका छन् । सवै क्षेत्रमा अनुभव बटुलिसकेका खड्काले वैतेश्वरको मुहार परिवर्तन गर्न सक्ने भन्दै उनको पक्षमा माहोल निकै तातेको छ ।