जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाले दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाले हिजो मानेडाँडापार्कमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई गरेको हो । जसमा नगरपालिकाले हालसम्मको विकास निर्माणको प्रगति, नगरको आम्दानी तथा खर्चबारे जानकारी दिएको थियो । सार्वजनिक सुनुवाईमा सार्वसाधरण नागरिक, राजनीतिक दल तथा सामाजिक संघ/संस्थाका प्रतिनिधिहरुले सुझाव र जनप्रतिनिधि र कर्मचारीले उठेका सवालको बारेमा जवाफ दिएका थिए ।
फोटो फिचरः