
गाजा । दक्षिण गाजामा इजरायली हवाई आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट सिजेरियन अपरेसनबाट निकालिएकी एक बालिकाको पनि मृत्यु भएको छ ।
आइतबार रफाहस्थित एक अस्पतालमा सबरीन–सकानी नामकी बालिकालाई आफ्नी मृत आमाको गर्भबाट सिजेरियन शल्यक्रिया गरेर निकालिएको थियो । तर बालिकालाई बचाउन नसकिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । डाक्टरहरूले बच्चालाई बचाउन सक्दो प्रयास गरेपनि अन्ततः उनको मृत्यु भएको छ । बालिकाको फोक्सोमा हावा पुर्याउन हातले सञ्चालित पम्प प्रयोग गरिएको थियो।