images
images

टी-२० सिरिजमा नेपालको विजयी सुरुवात

  • १५ बैशाख २०८१, शनिबार १६:२३

काठमाडौँ । वेष्ट ईण्डिज ए विरुद्धको ट्वान्टी – ट्वान्टी क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले कप्तान रोहित पौडेलको शतकको मद्धतमा वेष्ट ईण्डिजविरुद्ध ४ विकेटको जित निकालेको हो । वेष्ट ईण्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो । नेपालको जितका लागि कप्तान रोहित पौडेलको शतक महत्वपुर्ण बन्यो । उनले ५४ बलमा १० चौका र ६ छक्कासहित १ सय १२ रनको शतकीय ईनिङ खेलेका थिए ।

त्यसअघि पहिले व्याटिङ गरेको वेष्ट ईण्डिज ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहित पौडेल, कमल ऐरी, अविनास बोहोरा र दिपेन्द्रसिंह ऐरीले समान एक÷एक विकेट लिएका थिए । जितसँगै नेपालले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ । सिरिजको दोस्रो खेल भोली हुनेछ ।