सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कमाण्ड एसपी अर्जुनप्रसाद तिमिल्सिनाले गर्ने भएका छन् ।
सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई फिर्ता बोलाएपछि रिक्त स्थानमा तिमिल्सिनालाई पठाउने निर्णय गरिएको हो । उनी प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखामा कार्यरत थिए । वैशाख १० मा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार शर्मालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो । २०८० फागुन २ मा सिन्धुलीमा सरुवा भएका शर्मा दुई महिनामै सरुवा भएका हुन् ।










