images
images

कक्षा १२ को परीक्षा आजदेखि सुरु, घटे ९३ हजार विद्यार्थी

  • १४ बैशाख २०८३, सोमबार ०९:०४

भक्तपुर । देशभर आजदेखि माध्यमिक तह कक्षा १२ को परीक्षा सुरु भएको छ ।

परिक्षार्थीले बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा दिने छन् ।आजदेखि सुरु भएको परिक्षा यही वैशाख २७ गते सकिने समय तालिका छ। परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्। यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने बोर्डले जनाएको छ। यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि आज कक्षा १२ को परीक्षा दिँदैछन्।

यस वर्ष गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेको छ। गत वर्ष ५ लाख ११ हजार ५२५ जना विद्यार्थीले परीक्षा दिएका थिए। यस वर्ष गतको तुलनामा ९२ हजार ७२५ जना कम विद्यार्थी छन्। बोर्डले यस गत वर्ष नियममित र ग्रेडवृद्धि परीक्षाको नतिजामा पनि अघिल्ला वर्षहरूभन्दा सुधार देखिएकाले आंशिकतर्फ विद्यार्थी संख्या घटेकाले यस वर्ष विद्यार्थी संख्या घटेको देखिएको जनाएको छ।

बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।