images
images

विद्यार्थीको उपाधिमाथि त्रिविको प्रश्न, वैधता पुष्टि गर्न ३५ दिने अल्टिमेटम

  • १४ बैशाख २०८३, सोमबार १३:०६

भक्तपुर । त्रिभुवन विश्वविद्यालयले ९८ जना नेपाली विद्यार्थीको शैक्षिक उपाधिमाथि प्रश्न उठाउँदै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेश गर्न अल्टिमेटम दिएको छ ।

भारत मणिपुर राज्यको सांगाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका ९८ जना नेपाली विद्यार्थीको शैक्षिक उपाधिमाथि प्रश्न उठाउँदै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेश गर्न ३५ दिने अल्टिमेटम दिएको हो।

सन् २०२४ मा नै भारतको विश्वविद्यालय अनुदान आयोगले सागांई इन्टरनेसनल युनिभर्सिटीलाई सूचीबाट हटाएको थियो। युनिभर्सिटीबाट जारी भएका शैक्षिक उपाधिलाई उच्च शिक्षा र सरकारी रोजगारीका लागि अवैध घोषणा गरेको थियो।

त्यस विश्वविद्यालयमा पढेका ९८ जना नेपालीले समकक्षता प्रमाणपत्र पाउनका लागि त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएका थिए। विद्यार्थीको निवेदनपछि त्रिवि पाठ्यक्रम विकास केन्द्रले ती ९८ जनाको नाम, ठेगाना र उनीहरूले पढेको विषय सार्वजनिक गरेको छ।