images
images

सोलुखुम्बुमा दुधकोशी-४ आयोजना बन्दै, तमोर व्योमा हाइड्रो प्रालिले पायो सर्वेक्षण अनुमति

भक्तपुर । सोलुखुम्बुमा दुधकोशी–४ जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

सोलुखुम्बुमा बन्ने दुधकोशी–४ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सर्वेक्षण अनुमति पाएको हो । विद्युत् विकास विभागले ४७ मेगावाट जडित क्षमताको आयोजनलाई उत्पादन सर्वेक्षण अनुमतिपत्र दिएको छ । आयोजनाको सर्वेक्षणका लागि तमोर व्योमा हाइड्रो प्रालिलाई सो अनुमति दिईएको हो।

सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको तमोर व्योमा हाइड्रो प्रा. लिले सो आयोजनाको सर्भे लाईसेन्स पाएको छ ।