हेटौडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ ।
मन्त्रालयले आज सूचना जारी गर्दै एकै पटक ६३ जना कर्मचारी माग गरेको हो । करारमा नियुक्त गर्ने गरी एकै पटक यती धेरै कर्मचारी माग गरिएको हो । मन्त्रालयले अधिकृत सातौ स्तरका मात्रै ३० जना कर्मचारी माग गरेको छ भने अन्य सहायक स्तरका पाँचौ तहका ३३ जना कर्मचारी गरेको छ । मन्त्रालयले पशुसेवा अधिकृत सातौ स्तरका २० जना, कृषि विकास अधिकृत सातौ स्तरका १० जना र पशुस्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौका ३३ जनालाई नियुक्त गर्ने गरी माग गरेको हो ।
प्रदेशको मन्त्रालय, निर्देशनालय र जिल्ला स्तरका कार्यालयमा पशु र कृषि प्राविधकको अभाव भएकाले नियुक्त गर्ने गरी प्रक्रिया अगाडि बढाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।