
दोलखा । प्रेस सेन्टर नेपाल दोलखा शाखाले वरिष्ठ पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
वरिष्ठ पत्रकार सेनको तस्विरमा माल्यार्पण गरी उनको २० औं स्मृति दिवस मनाईएको हो । प्रेस सेन्टर नेपाल दोलखा शाखाले आयोजना गरेको माल्यार्पण कार्यक्रममा प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । गणतन्त्र र संविधानका पक्षमा आवाज उठाए वापत कृष्ण सेनलाई २०५९ साल जेठ ६ गते पक्राउ गरी महेन्द्र प्रहरी क्लब र सैन्य हिरासतमा कठोर यातना दिएर जेठ १३ गते हिरासतभित्रै हत्या गरिएको थियो । सेनको हत्या भएको २० वर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानविन हुन सकेको छैन । बहुआयामिक व्यक्तित्वका धनी सेन एउटा जनपत्रकार र जुझारु क्रान्तीकारी योद्धासमेत थिए ।