images
images

सुनको जलहरीबारे सत्तापक्ष र प्रतिपक्षबीच सहमति, एमालेले संसद अवरोध नगर्ने

  • १३ जेष्ठ २०८०, शनिबार १२:००

काठमाडौं । पशुपतिनाथमा सुनको जलहरी हाल्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टचार गरेको आशंकामा सत्तापक्षका सांसदले प्रतिनिधिसभाको बैठकमा बोलेको कुरा संसदको रेकर्टबाट हटाउने सहमति भएको छ ।

शिर्ष नेताहरुको आज बसेको बैठकमा जलहरीको विषयमा सांसद लेखनाथ दहालको अधिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो । सांसद दहालले जलहरी प्रकरणमा अध्यक्ष ओलीलाई जोडेपछि एमालेले संसद अवरोध गरेको थियो । दहालको अभिव्यक्ति हटाउने सहमतिसँगै एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध नगर्ने बताएको छ ।

सहमति अनुसार दहालको अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले संसदमा प्रष्ट्याउनुहुनेछ ।