images
images

विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प छैनः प्रधानमन्त्री प्रचण्ड

  • १३ जेष्ठ २०८०, शनिबार १३:३५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको १९ औँ साधारसभा एवम् २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा आज काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आन्दोलनमा भएका संघर्ष, त्याग र बलिदानका कारण आज सत्ताको नेतृत्व गर्ने अवस्थामा पुगेको स्मरण गर्दै प्रचण्डले सत्ताको नेतृत्व गरेको दिनदेखि आफूविरुद्ध विभिन्न तत्वहरुले घेराबन्दी गर्ने काम सुरु गरेको बताउनुभयो । सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो मुख्य लक्ष्य रहेको भन्दै उहाँले जनयुद्धमा जस्तै अब भ्रष्टाचार तथा वेथितिविरुद्धको आन्दोलनमा पनि जनताले साथ दिने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले जसरी जनयुद्ध सुरु गर्दा को, कतिदिन बाँचिने हो, को कति बेला मारिने हो भन्ने टुंगो थिएन, अहिलेको यो लडाई पनि त्यस्तै प्रकृतिको भएको बताउनुभएको छ । जनयुद्धमा अघि बढ्दै जाँदा हजारौं क्रान्तिकारी, न्याय प्रेमी जनताको साथ समर्थन प्राप्त भएजसरी अहिले भ्रष्टचार विरुद्धको यो अभियानमा पनि जनताले समर्थन गर्ने प्रधानमन्त्रीको विश्वास छ ।