images
images

सांसद दाहालले ओलीलाई जोडेर दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो

  • १३ जेष्ठ २०८०, शनिबार १८:०५

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जेठ १० गते प्रतिनिधिसभा बैठकमा बोलेका शब्दहरू संसदको रेकर्डबाट हटाइएको छ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले दाहालले संसदमा प्रस्तुत गरेको ‘स्वास्थ्य सामाग्रीको २ अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो।सिन्धुलीका सांसद दाहालले पशुपतिनाथको जलहरी लगाउँदा तत्त्कालिन सरकारले ‘पित्तल’ लगाएको आरोप लगाएका थिए।

सो टिप्पणीप्रति आपत्ति जनाउँदै शुक्रबारको संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको थियो।