images
images

डलर देखाएर १८ लाख नेपाली रुपैयाँ ठगी, सिन्धुपाल्चोकका तीन युवक पक्राउ

  • १४ जेष्ठ २०८१, सोमबार १९:०७

सिन्धुपाल्चोक । डलर देखाएर लाखौँ नेपाली रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका तीन युवक पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ बस्ने २४ वर्षीय श्याम तामाङ, सोही स्थानका २६ वर्षीय तेन्जेन पाईन र २७ वर्षीय नारायण बहादुर पाईनलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । उनीहरुले डलर देखाएर १८ लाख नेपाली रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । तीनै जनालाई सिन्धुलीको खुर्काेटबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ २० को नोट ६९ थान, अमेरिकी डलर १ को २३७ थान र ५ थान मोबाईल बरामद गरेको छ ।