images
images

शैलुङको थुम्कोमा कस्ले चलायो कांग्रेसको झण्डासहितको जिप ? (फोटो सहित)

  • १३ असार २०७९, सोमबार १९:०६

दोलखा । दोलखाको धार्मिक एवँ पवित्र स्थल शैलुङको थुम्कोमा नेपाली कांग्रेसको झण्डा सहितको जिप गुडाएपछि अहिले सर्वत्र आलोचना सुरु भएको छ ।

दोलखा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मध्य एक मानिने शैलुङ हिन्दु एवँ बुद्ध धर्मालम्विहरुको समेत पवित्र धार्मिक स्थल हो । धार्मिक एवँ पर्यटकीय स्थलमा दलको झण्डा सहितको गाडि थुम्किमै गुडाएपछि स्थानीयले बिरोध गरेका छन् । नम्बर स्पस्ट खुल्न नसकेको जिप नेपाली कांग्रेसको चार तारे झण्डा सहित शैलुङको सय वटा थुम्किमा गुडिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । रिदेश जंग खड्काले सो भिडियो सार्वजनिक गर्दै ‘दोलखा जिल्लाको धार्मिक एवँ पुरात्तात्विक महत्व बोकेको शैलुङमा निर्वाध सवारी चलाउन कसले अनुमति दियो ?’ भनेर प्रश्न गर्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका छन् । यद्धपि, सो भिडियो कुन मिति र समयको हो भन्ने यकिन हुन सकेको छैन ।

शैलुङ सय वटा थुम्काको सुन्दर ऐतिहासिक एवँ धार्मिक पर्यटकीयस्थल हो । प्राकृतिक प्रकोप र मानवीय गतिविधिका कारण शैलुङका सय वटा थुम्कालाई संरक्षण गर्न नसकिरहेका बेला थुम्कामाथि नैं गाडि गुडाउन थालिएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । शैलुङमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न स्थानीयवासीले स्थानीय सरकार र प्रशासनसँग माग पनि गरेका छन् ।