काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा एक पुरुष मृत फेला परेका छन् ।
धुलिखेल नगरपालिका – ६ स्थित धुलिखेल अस्पतालको एमरजेन्सी वार्डको बिरामी कुरुवा कोठामा एक पुरुष मृत भेटिएका हुन् । उनको नाम, थर र वतन भने खुल्न बाँकी रहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्ष उमेरका पुरुष मृत फेला परेपनि उनको अहिलेसम्म कसैले पहिचान गर्न सकेका छैनन् ।










