काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ ।
आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको थियो। जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका हुन् । एक लाख १५ हजार ८ सय ३४ जनाले मौका परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जनकारी दिनुभयो ।
जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।










