images
images

सरस्वती मावी जिरीकी रमिला बनिन् एसईई परिक्षामा जिल्लाकै उत्कृष्ट छात्रा

दोलखा । यो वर्षको एसईई परीक्षामा दोलखाको सरस्वती सामुदायिक मावि जिरीकी छात्रा सर्वाेत्कृष्ट अंक ल्याउन सफल भएकी छिन् ।

दोलखाको जिरी नगरपालिका वडा नम्वर ५ स्थित सरस्वती सामुदायिक विद्यालयकी छात्रा रमिला जिरेलले एसईई परीक्षामा जिल्लाभरबाट सबैभन्दा बढि ३.९१ जिपिए प्राप्त गरेकी हुन् । जिरी– ४ रातमाटे घर भएकी रमिला सबैभन्दा बढि जिपिए प्राप्त गर्दै एसईईमा जिल्ला प्रथम बनेकी छिन् ।
आज सार्वजानिक एसईईको नतिजा अनुसार ३ दशलमव ८३ जिपिए प्राप्त गर्दै अल्पाईन पव्लिक स्कुल चरिकोटकी छात्रा अधिश्री थापा दोस्रो स्थानमा आएकी छिन् । भीमेश्वर नगरपालिका –६ घर भएकी थापा जिल्लाभरबाट दोस्रो उत्कृष्ट अंक प्राप्त गर्न सफल भएकी हुन् ।

अल्पाईन पव्लिक स्कुल चरिकोटकी छात्रा अधिश्री थापा

जिल्लाको उत्तरी क्षेत्रको गौरीशंकर मावि लामाबगर एसईईको नतिजामा तेस्रो स्थानमा पर्न सफल भएको छ । गौरीशंकर मावि लामाबगरका छात्र प्रदिप श्रेष्ठले ३ दशलमव ७८ जिपिए प्राप्त गरेका हुन् । उनी एसईईमा उत्कृष्ट अंक ल्याउँदै तेस्रो स्थानमा परेको छन् । यस्तै, जिल्ला सदरमुकाम चरिकोटस्थित कालिञ्चोक माविका छात्र रविकुमार दासले एसईई परीक्षामा चौथो उत्कृष्ट अंक पाएका छन् ।

बाराको देवचुली नगरपालिका घर भई हाल चरिकोट बस्दै आएका रविकुमार दासले ३ दशमलव ७७ जिपिए प्राप्त गर्दै चौथो स्थान हाँसिल गरेका हुन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजानिक गरेको नतिजा अनुसार दोलखाबाट एसईई परीक्षामा सहभागि ३५ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।