images
images

दोलखामा ६५ प्रतिशत विद्यार्थी एसईई परीक्षामा अनुत्तिर्ण

दोलखा । यो वर्षको एसईई परीक्षामा दोलखाका करिव ६५ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजानिक गरेको नतिजा अनुसार दोलखाबाट एसईई परीक्षामा सहभागि ३५ दशमलव ०५ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका हुन् । यो नतिजा अनुसार जिल्लाका ६४ दशमलव ९५ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् । एसईई परीक्षामा दोलखाका १ हजार ७०८ जना विद्यार्थीको नतिजा ननग्रेड (एनजी) आएको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाबाट २ हजार ६३० जना विद्यार्थी एसईई परीक्षामा सहभागि भएकोमा ९ सय २२ जना मात्रै उत्तिर्ण भएका छन् । एसइई परीक्षामा जिल्लाबाट धेरै विद्यार्थी अनुत्तिर्ण भएका हुन् ।

परीक्षामा उत्तिर्ण मध्य ३.६ देखि ४.० भन्दा कम जिपिए ल्याउने विद्यार्थीको संख्या २१ जना रहेको छ भने ३.२ देखि ३.६ भन्दा कम ल्याउने २२८, २ दशमलव ८ देखि ३ दशमलव २ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको संख्या ४२० रहेको छ । शिक्षा समन्वय ईकाई दोलखाका अनुसार जिल्लाका २४० जना विद्यार्थीले २.४ देखि २.८० भन्दा कम जिपिए ल्याएका छन् भने २.० देखि २.४० भन्दा कम जिपिए ल्याउनेको संख्या १३ जना रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजानिक गरेको हो । ननग्रेड आएका विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिएर मात्रै कक्षा ११ मा पढ्न पाउनेछन् । दुई विषयमा ननग्रेड हुनेले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् भने दुई भन्दा बढि विषयमा ननग्रेड ल्याउनेले आगमी वर्षको परीक्षामा सहभागि हुनुपर्नेछ । ग्रेड वृद्धिको परीक्षा आगमी साउन १८ र १९ गते हुने बोर्डले जनाएको छ । दुई भन्दा बढि विषयमा अनुत्तिर्ण हुने विद्यार्थीले आगमी चैतमा हुने परीक्षामा सहभागि हुनुपर्नेछ ।