images
images

सिन्धुपाल्चोकमा खोलाले बगाएर युवतीको मृत्यु

  • १४ असार २०८१, बिहीबार १८:५०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खोलाले बगाएर एक युवतीको मृत्यु भएको छ ।

मेलम्ची खोलाले बगाउँदा जिल्लाको हेलम्बु गाउँपालिका ५ सिरिसेकी २२ वर्षीया निशा कुमारी तामाङको मृत्यु भएको हो । उनलाई आज बिहान खोला तर्ने क्रममा बगाएको प्रहरीले जनाएको छ । खोलाले बगाएर वेपत्ता भएकी उनको मेलम्ची गाउँपालिका ६ स्थित मेलम्ची खोलामा शव फेला पारिएको हो । खोलाले बगाएर वेपत्ता भएको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय हेलम्वु सहितका प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा तामाङको शव फेला परेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।