images
images

काभ्रेपलाञ्चोकको बनेपामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

  • ११ श्रावण २०७९, बुधबार ०९:३८

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १३ भैंसेपाटीमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका वडा नम्बर १ का १८ वर्षिय कृष्ट लामा रहेका छन् । अरनीको लोकमार्गअन्तर्गत बनेपाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ८ ख ८०८७ नम्बरलाई ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा ६७ प २८९२ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । दुर्घटनामा परी मोटरसाइकलमा सवार रोशी गाउँपालिकाका २६ वर्षिय एण्डी लामा घाइते भएका छन् । उनको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर बेपत्ता भएका पुरुषको शव फेला

काभ्रेको रोशी गाउँपालिकामा खोलाले बगाएर बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

साउन ४ गते रोशी गाउाँपालिका वडा नम्बर १ फलामेसाँघुस्थित रोशी खोलाले बगाएर बेपत्ता भएका नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का ४८ वर्षिय ज्ञानबहादुर लामाको शव फेला परेको हो । लामा भैंसी चराएर घर फर्कने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । बेपत्ता उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक लामाको शव धुलिखेल अस्पतालमा राखिएको छ ।