सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधिन अपर सोलु हाइड्रोपावरको ड्यामसाइटमा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ७ को साल्मे स्थित ड्यामसाइटमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको हो । हाइड्रोपावरका कर्मचारीहरुले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक राम किशोर शाहसहितको टोली पुगेको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी सुनिलजंग शाहले जानकारी दिनुभयो । करिब एक महिला अघि सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ४ बाट बेपत्ता भएका रंगे विश्वकर्माकी श्रीमती शषिकला राईको शव हुनसक्ने प्रहरीले जनाएको छ । यद्धपी पुष्टि भने हुन बाँकी रहेको डिएसपी शाहले बताउनुभयो ।










