images
images

कालिज फार्ममा भेटिएको चितुवालाई संरक्षण क्षेत्रमा छाडियो

  • ११ श्रावण २०७९, बुधबार १५:००

दोलखा । दोलखा सदरमुकाम चरिकोट नजिकैको महादेव खोलास्थित एक कालिज फार्ममा भेटिएको चितुवालाई गौरीशंकर संरक्षण क्षेत्रमा छाडिएको छ ।

भीमेश्वर नगरपालिका–७ महादेवखोला स्थित दुधपोखरी वायल्ड लाईभ एग्रो विथ रिर्सोटको कम्पाउण्डमा फेला परेको लेकाली निगाले चितुवालाई विशेषज्ञको टोलीले गौरीशंकर संरक्षण क्षेत्रभित्रको वनमा छाडेको हो । काठमाडौंको चिडियाखानाबाट आएको पशु चिकित्सक पर्वत जंग थापा नेतृत्वको तीन जनाको टोली र डिभिजन वन कार्यालय दोलखाको टोलीले चितुवालाई संरक्षण क्षेत्रमा छाडिएको कार्यालय प्रमुख थिर बहादुर कार्कीले जानकारी दिनुभयो । साउन ८ गते भेटिएको चितुवालाई विशेषज्ञको टोलीले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय चरिकोटको परिसरमा पिँजडाभित्र राखिएकोे थियो ।
प्रमुख कार्कीका अनुसार चितुवालाई स्थानीयले कुटपिट गरी घाईते बनाएकाले उपचार गरेर संरक्षण क्षेत्रमा छाडिएको हो ।