दोलखा । दोलखामा आज ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला विभिन्न स्थानिय तहमा गरिएको एन्टिजेन परीक्षणमा बैतेश्वर गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित २ जना महिला र २ जना पुरुष रहेका छन् । योसँगैदोलखामा संक्रिय कोरोना संक्रमितको संख्या २० पुगेको छ ।